मेयर आचार्यको प्रतिवद्धता –‘नोट गर्नुस्, अबको ४ वर्षमा बसपार्क बन्छ’
पाेखरा | साउन ५, २०८०
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अबको ४ वर्षभित्र पोखरामा व्यवस्थित बसपार्क बन्ने बताएका छन् ।
महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाई कार्यक्रममा आज (शुक्रबार) उठेको प्रश्नमा जवाफिदै मेयर आचार्यले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा सहभागी स्थानीयले ‘पोखरामा व्यवस्थित बसपार्क कहिल्यै नबन्ने हो मेयर साब ?’ भन्ने प्रश्न गरेका थिए । सोही प्रश्नको प्रतिउत्तर दिदैं मेयर आचार्यले भने, ‘यो चार वर्षमा बसपार्क बन्छ, त्यो नोट गरिराख्नुहोला ।’
उनले व्यवस्थित बसपार्कका लागि शहरी नगर विकास कोषसँग सम्झौता भएको बताए ।
‘पुरानो बसपार्कलाई पूर्ण र व्यवस्थित बसपार्क बनाउनका लागि शहरी नगर विकास कोष (टाउन प्लानिङ फण्ड) सँग साझेदारीसहित सम्झौता गरिसकेका छौ र त्यसको गुरुयोजना (फुल फेजको डिपिआर) तयार हुदैछ,’ उनले भने ।
उनले विगत ३०/४० वर्षदेखि बसोबास गर्दै आएका बासिन्दाको वैकल्पिक व्यवस्थापन गर्ने तयारी भइरहेको बताए ।
‘भूमी आयोगसँग मिलेर हामीले उहाँहरुलाई निस्सा पनि दिइसकेका छौ, मेयर आचार्यले भने, ‘उहाँहरुलाई समुचित व्यवस्थापन गरेर बसपार्क निर्माणको कामलाई अघि बढाउछौ ।’
उनले बस्ती बाहेकका ठाउँमा प्रदेश सरकारले निर्माण गर्न सुरु गरेपनि महानगरले रोकेको स्पष्ट पारे ।
‘बस्ती नभएको ठाउँमा प्रदेश सरकारले काम गरेको छ त्यतिले पुग्दैन त्यसैले त्यो हामीले रोकेका छौ, मेयर आचार्यले भने, ‘बाँकी भको ८४ रोपनी जग्गामा मात्रै बसपार्क बनाएर पुग्दैन । हामी अहिले बोलेर भन्दा पनि काम गरेर देखाउँछौ ।’
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

